काठमाडौँ, ३० आसार । काठमाडौँको नागार्जुन नगरपालिका-८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।
प्रहरी कार्यालय काठमाडौँका अनुसार गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।
घाइते पाँचै जनाको काठमाडौँको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्