काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब हुने संघीय र प्रदेश सभा सदस्य निर्वाचनका बेला पार्टीले अरूसँग गठबन्धन गरेर जाने कि नजाने भन्नेबारे अहिले नै निर्णय गर्न आवश्यक नरहेको बताएका छन् ।
चुनावको मिति पनि घोषणा नभएको अवस्थामा चुनावी गठबन्धनबारे निर्णय गर्न हतार हुने उनी बताउँछन् । ‘केही साथीहरूले गठबन्धन गरौं केही साथीले नगरौं भन्नेखालका धारणा राख्नुभएको छ । अहिले नै गठबन्धनबारे हामी निर्णयमा नपुगौं,’ केन्द्रीय समितिको बिहीबारको बैठकमा बोल्दै उनले भने, ‘गठबन्धन परिस्थितिले बन्ने हो । चुनाव हुने बेलाको राजनीतिक परिस्थिति कस्तो रहन्छ त्यसमा भर पर्दछ ।’
उनले स्थानीय चुनावमा गठबन्धन गरेर कांग्रेसले केही सिट बढाएको पनि बताए । ‘वाम एकता भयो भने कांग्रेसको अवस्था के हुने रहेछ ?,’ उनले भने, ‘वामएकताले त कांग्रेसलाई असजिलो पो बनाउँदछ ।’










प्रतिक्रिया दिनुहोस्