राजनीति

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलको रिट खारेज



काठमाडौँ, ३१ असार । प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । यो आदेशसँगै एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प छ ।