समाचार

६ जना जुवाडे पक्राउ



पोखरा, ३२ असार । कास्कीमा जुवा खेल्दै गरेकाे अवस्थामा ६ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका ८ न्युरोड बस्ने नवीन गौचनको घरमा जुवा/तास खेलिरहेका ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाैचनसहित न्युराेड नै बस्ने साेमत तुलाचन, कबिन तुलाचन, पाेखरा २ अर्चलेका विराट केसी, पाेखरा ११ फुलबारीका अमित गुरुङ र नरकाजी गुरुङ रहेकाे छन् । उनीहरूकाे साथबाट नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित चार बुक तास बरामद भएकाे छ ।

उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेकाे छ ।