समाचार

काठमाडौँ महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्ने



काठमाडौँ, ३२ असार । काठमाडौँ महानगरपालिकाले भोलि अर्थात साउन एक गतेदेखि लागु हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ।

महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहोरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ ।