दाङ, ३२ असार । जिल्लाको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विककाे मृत्यु भएको हो ।
गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्