समाचार

भक्तपुरमा घरभित्रै जलेको शव भेटियो



भक्तपुर, ३२ असार । चाँगुनारायण नगरपालिका–२, दुवाकोट, फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेलापरेको छ ।

आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । रासस