समाचार

६ वर्षीया बालिका बलात्कृत



बर्दिया, १ साउन । बर्दियामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मानबहादुर रजालीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित गोठको पछाडि लगेर रजालीले ती बालिकालाई बलात्कार गरेको सूचनापछि इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।