विश्व

श्रीलंकामा फेरी संकटकालको घोषणा



एजेन्सी, २ साउन । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् ।

सरकारले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । श्रीलंका हाल आर्थिक संकटबाट गुज्रिरहेको छ र चार महिनामा चौथो पटक श्रीलङ्कामा संकटकाल लगाइएको छ ।

सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक व्यवस्था कायम राख्न र अत्यावश्यक सेवाको आपूर्ति र मर्मतसम्भारलाई निरन्तरता दिन पनि त्यसो गर्नु जनताको हितमा छ ।’