काठमाडौँ, ३ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्बर्धनवादीहरु कमजोर भएपनि अन्तत सोही धार राष्ट्रको मुल धार बन्ने दावी गरेका छन् ।
आज सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्, ‘सम्बर्धनवादी अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर भएको देखिन्छ । तर अन्ततः यही विचार नै राष्ट्रको मुल धार बन्नेछ ।
अध्यक्ष थापाले सम्बर्धनवादी धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल राप्रपा नेपाल रहेकोमा गर्व लागेको पनि बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्