अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ साउन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।