काठमाडौं, ४ साउन । प्नेकपा (एमाले)ले स्वास्थ्य बिमा कार्यक्रमलाई सबै स्वास्थ्य संस्थामा निरन्तरता दिन माग गरेको छ ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । “बिमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुन सक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरूप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारु गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ,” उनले भनेका छन्, “साथै, बजेट वक्तव्यमार्फत आएको जनविरोधी नीति फिर्ता लिन पुनः ध्यानाकर्षण गर्दछ ।”










प्रतिक्रिया दिनुहोस्