काठमाडौँ, ४ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४.८९ अंकको सुधार आएको छ ।
नेप्सेमा सामान्य अंकको वृद्धि आएसँगै परिसूचक २०५० अंकमा पुगेर बन्द भएको छ । आज एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको ४१ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ०.२४ प्रतिशतले बढ्दा कारोबारमा आएका १३ मध्ये ८ समूहमा सुधार आएको छ ।
आज उत्पादनमूलक समूहमा ६३ अंकको सुधार आउँदा निर्जीवन बीमा समूहमा ५६ अंकको सुधार आएको छ । यस्तै, वित्त समूहमा ३१ अंकको सुधार आउँदा अन्य समूहमा १७ अंकको सुधार आएको छ । यस्तै, आज विकास बैंक लघुवित्त, लगानी, म्युचुअल फण्ड समूहमा समेत सुधार आएको छ ।










प्रतिक्रिया दिनुहोस्