समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



कपिलवस्तु, ४ साउन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।

प्रहरीका अनुसार ना ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय शुसिल केसीको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको हो ।

घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही अस्पतालमै उपचार भइरहेको छ । दुवै सवारी साधनसहित बस चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिङगेले नियन्त्रणमा लिएको छ ।