काठमाडौ, ४ साउन । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउनका लागि प्रयास गर्न नहुने बताउनुभएको छ । उहाँले सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने छ । एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा ओलीले आगामी निर्वाचनमा अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथ लिन आवश्यक नभएको वताउँदै यिनीहरूको उद्देश्यमा, गन्तव्यमा, एकता होइन स्वार्थको एकता हो ।
स्वार्थको एकता स्वार्थको टकरावमा बदलिन्छ । त्यसैले धेरै हतार गरेर यिनीहरूको एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक छैन । स्वार्थको टकरावबाट आफै फुट्छ, आफ्नै हिसाबले, उहाँले भन्नुभयो । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी एउटै प्रवृत्तिका दलहरू भएकाले उनीहरूमध्ये एउटालाई एमालेले आफ्नो साथमा लिएर अरुविरुद्ध लड्न आवश्यक नभएको ओलीको भनाइ थियो । त्यसो गर्दा राष्ट्रिय हित नहुने र पार्टीलाई पनि फाइदा निमल्ने उहाँको तर्क थियो । तत्कालीन नेकपामा आफूले दिएको शक्ति लिएर आफैलाई सडकमा पुर्याएको र कारबाही गरिएको स्मरण गर्दै ओलीले कांग्रेसको नेतृत्वमा सरकारमा रहेकाहरू वामपन्थी दल हुनै नसक्ने बताउनुभयो ।
माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी नहुने उहाँको भनाइ थियो । हामीले दिएको तागत लिएर, एकता गर्दा मैले दिएको तागत लिएर हामीलाई सडकमा पुर्याएको होइन रु भविष्यमा समेत अयोग्य हुने गरी कारबाही गर्नेहरू होइनन् रु हामीले दिएको संख्या दुरुपयोग गरेर, उहाँले भन्नुभयो । एमालेसँग गठबन्धन गर्ने हो भने अहिलेको सत्ता गठबन्धन छोड्नुपर्ने ओलीको सर्त थियो । कोही वामपन्थी भए गठबन्धन गर्न एमाले तयार छ । त्यसका लागि गठबन्धन छोडेर आउनुपर्छ, उहाँले भन्नुभयो । । तर, उनीहरू एमालेसँग गठबन्धन गर्न आउनेमा आफू विश्वस्त नभएको उहाँको भनाइ थियो । आफ्नै कार्यकर्ता अर्को दललाई भोट हालिरहेको अवस्थामा पार्टी फुटाएर, सरकार ढलाएर जानेहरू आउनेमा आफूलाई विश्वास नभएको भन्दै उहाँले आग्रह गरे, देश बनाउने कुरामा यी आउलान्, लाग्लान् भन्ने विश्वास छैन । यहाँ आफ्नै साथीहरू त अर्कालाई भोट दिन कुदिराख्या बेलामा त्यस्ताको के विश्वास गर्नु । त्यसैले पार्टी बनाउन, पार्टीको शुद्धीकरण थालौं ।










प्रतिक्रिया दिनुहोस्