स्याङ्जा, ५ साउन । स्याङ्जाको गल्याङमा सिँचाइ पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पाेखरीमा डुबेर गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएकी ३३ वर्षीया वृन्दा गुरुङको मृत्यु भएकाे हाे ।
सिँचाइ पोखरी एक लाख लिटर क्षमताको भएकाे प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्