पर्सा, ५ साउन । ठूलो परिणामको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट बीआर ०५ एन ०२३८ को हिरोहोण्डा ग्ल्यामर मोटरसाइकलको सिटमुनि र तेल ट्यांकीभित्र लुकाएर नेपाल ल्याउँदै गरेको अवस्थामा ४१ लख ५५ हजार नगदसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट बुधबार पक्राउ परेका हुन् ।
स्रोत नखुलेको उक्त परिणामको नगदसहित पक्राउ परेका भारतको बिहारस्थित पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ११ बस्ने राकेश कुमारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्