Banner News

निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँइदै



काठमाडौँ, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ ।

हिजो समय नपुगेका कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरेफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ ।