समाचार

लागूऔषधसहित दुई जना युवक पक्राउ



जनकपुरधाम, ५ साउन । लागूऔषधसहित दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्लाको हरिवन-९ दनुवारीबाट ना.२० प ९३७ नम्बरको मोटरसाइकलमा सवार चालक चितवनको कालिका नगरपालिका ३ बस्ने ३५ वर्षीय दीपक खत्री र पछाडि सवार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ४ बस्ने २६ वर्षीय विजय लामालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट डाइजेपाम ४९५ एम्पुल, फेनारगन ५ सय एम्पुल, स्पासमो प्रोक्सीभोन प्लस १४४ एम्पुल र लेबल र नाम नखुलेको ५ सय एम्पुल बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।