समाचार

शिक्षकलाई ल्यापटप वितरण



जुम्ला, ७ साउन । जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालय हाकुँले शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।

डिजिटल माध्यमबाट पढाउन सहज पुर्‍याउने उद्देश्यसहित ल्यापटप वितरण गरिएको प्रधानाध्यापक जाज्वल्यराज न्यौपानेले बताए ।शिक्षकहरूलाई प्रविधिमैत्री शिक्षण गर्नतिर सजिलो होस् भन्ने हेतुले ल्यापटप वितरण गरिएको न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्यरत ६ शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।