काठमाडौँ, ८ साउन । मधेस प्रदेश सरकारले आउँदो निर्वाचनभन्दा अघि नै प्रहरी समायोजन गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।
मधेस प्रदेश सरकारका प्रतिनिधिहरूले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी निर्वाचनभन्दा अघि नै प्रहरी समायोजन गर्न संघीय सरकारलाई आग्रह गर्दै पत्र बुझाएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई पनि त्यसका लागि पहल गरिदिन आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्