झापा, ८ साउन । जिल्लाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँको चिया बगानमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार आज बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव फेला परेको हो ।
चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । शनिबार रातिसम्म खबर नआएपछि प्रहरीलाई खबर गरिएको थियो । बिहान बगानमा काम गर्नेले शव देखेको बताइएको छ ।
दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्