Banner News

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौँ, ९ साउन । आज बिहान ६:७ बजे भूकम्पको धक्का महसूस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६:७ बजे सिन्धुपाल्चोकको हेलम्बुमा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यसको धक्का काठमाडौँसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।