Banner News

छानबिन समितिको बैठक बस्दै



काठमाडौँ, ९ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्दैछ ।

थपिएको ७ दिनको चौथो दिन आज बैठक बसेर अबको तीन दिनभित्र प्रतिवेदन तयार गर्नेबारे तालिका बनाइने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । असार २२ गते गठन भएको समिति तोकिएको दश दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि बिहीबार ७ दिन थपिएको थियो । समितिले २८ गतेदेखि काम सुरु गरेको थियो ।

आइतबार समितिले अर्थमन्त्रालय परिसरको सिसिटिभी फुटेज उपलब्ध नभएको भन्दै सिंहदरबारकै दक्षिण र पूर्वी गेटको सिसिटिभी फुटेज हेर्ने निर्णय गरेको थियो । त्यसअनुसार जेठ १४ गते मध्यान्ह १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म (२४ घण्टा)को भिडिओ उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्र पठाइएको छ । बजेट सार्वजनिक गर्ने अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।