राजनीति

भारतीय विदेश विभाग प्रमुख र आरजुबीच भेटवार्ता



काठमाडौँ, ११ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

चौथाइवालेले देउवासँग भारतको नयाँदिल्लीम भेटवार्ता भएको ट्विटरमा उल्लेख गरेका छन् । उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन् । आरजु स्वास्थ्य उपचारका क्रममा हाल नयाँदिल्लीमा छिन् । चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले उनलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।