समाचार

नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह



काठमाडौँ, १२ साउन । आज देशभर मनसुन सक्रिय देखिएको छ । चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

चितवन, पर्सा, कास्की, रुपन्देहीलगायतका ठाउँमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले राति सूचना निकालेर चितवनको शक्तिखोर, माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम रहेको जनाएको हो ।