समाचार

आज साउन १५ अर्थात् खीर खाने दिन



काठमाडौँ, १५ साउन । आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ।

खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ। साउन १५ मा खीर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्त्व पनि रहेको हुन्छ।

मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खीर उपयोगी भएको मानिन्छ भने गोठधुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा यसको सांस्कृतिक महत्वसमेत रहँदै आएको छ । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राखेर बनाइन्छ।