राजनीति

कोरोना संक्रमणपछि नेता कोइराला अस्पताल भर्ना



काठमाडौँ, १५ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ ।

शनिबार बिहान परीक्षण गर्दा कोइरालालाई कोरोना संक्रमण देखिएको थियो । कोइरालालाई ज्वरो आउने र वान्ता हुनेजस्ता समस्या देखिएको थियो । कोइरालालाई ग्राण्डी अस्पतालमा उपचार गरिएको छ ।

कोइरालालाई कोरोना संक्रमण देखिएको र अस्पतालमा उपचाररत रहेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । कोइराला हालै मधेश प्रदेशका विभिन्न जिल्लामा आयोजित भेला तथा अन्तर्क्रियाहरूमा सहभागी भई काठमाडौं फर्केका थिए ।