काठमाडौँ, १६ साउन । सिंहदरबारमा कर्मचारीहरुले प्रदर्शन गरेका छन् ।
आज बिहान आफ्ना माग निजामती सेवा ऐनमा सम्बोधन गर्न माग गर्दै उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।
संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था निजामति सेवा ऐनमा राख्नुपर्ने उनीहरुको माग छ । साथै शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने उनीहरूको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्