Banner News

थप ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



काठमाडौँ, १६ साउन । थप ८९५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८७ हजार २ सय ८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४९ सय ३४ जना रहेका छन ।

मन्त्रालयका अनुसार २६४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७० हजार ३२६ जना रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६८ जना रहेको मन्त्रालयले जनाएको छ ।