काठमाडौँ, १६ साउन । नेपाल एमालेले काठमाडौँको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।
आज एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्ये कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्दै नारा लगाएका थिए ।
प्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको छ ।प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका तीन जिल्ला ( काठमाडौँ, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता थियो ।










प्रतिक्रिया दिनुहोस्