काठमाडौँ, १७ साउन । गृहमन्त्री बालकृष्ण खाणले विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पुर्याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन् ।
उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्