समाचार

मोटरसाइकल रूखमा ठोक्किँदा दुईजनाको मृत्यु



चन्द्रौटा, १८ साउन । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुईजनाको ज्यान गएको छ ।

बाणगंगा नगरपालिका–२, पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक बाणगंगा–२ निवासी २५ वर्षीय रमेश विक र त्यसमा सवार २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस