काठमाडौँ, १८ साउन । काठमाडौँबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । जहाजबाट संकास्पद २ जनालाई पक्राउ गरिएको छ ।
शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको छ । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । जहाजमा १४१ जना यात्रु छन् ।










प्रतिक्रिया दिनुहोस्