काठमाडौँ, २० साउन । सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् ।
अज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आगामी चुनावमा सत्ता गठबन्धन एक भएर जाने निर्णय भएको बताइएको छ ।
आजको बैठकमा चुनावी तालमेलबारे कार्यदल बनाउने निर्णय भएको छ । त्यस्तै आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को को बस्ने भन्ने दलहरुले आन्तरिक छलफल गरेर टुंग्याउने भएका छन् । बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ ।










प्रतिक्रिया दिनुहोस्