दाङ, २१ साउन । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताउनुभएको छ ।
प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको दावी गर्नुभयो । उहाँले छानबिन समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूको फोन कल डिटेल, मोबाइल लोकेसन जस्ता कुराहरु हेर्नुपर्ने बताउनुभयो । प्रतिपक्ष दल एमालले सुरुदेखि नै अर्थमन्त्रालयको सीसीटीभी फुटेज मागेको भएपनि त्यसलाई लुकाउने प्रयास गरेको उहाँ आरोप रहेको छ ।
उहाँले भन्नुभयो, ‘छानबिन समिति जे प्रश्नको उत्तर दिन बनाइयो, त्यसको उत्तर दिन सकेन । बरु थप प्रश्नहरु जन्मायो । छानबिन समितिले फोन कल डिटेल, मोबाइल लोकेसन हेर्न किन चाहेन रु उहाँहरुले त्यसलाई किन रोक्नु भयो ? त्यहाँ निर प्रश्न छ । दोस्रो दिनदेखि नै हामीले सीसीटीभी फुटेज देखाउन भन्यौं’ उनले भने, ‘तर १३ दिनमा आएर फुटेज नै मेटाइयो । हामीले प्रश्न गर्न साथ त्यसलाई मेटाउने काम भयो ।’
मुलुकमा एमसीसी, एसपीपी, नागरिकता विधेयक, अर्थमन्त्री शर्माको प्रकरणकालगायतका प्रकरणबारे संसद र सरकारबाट जवाफ नआउने बताउनुभयो । ‘अब कुनै पनि प्रश्नको जवाफ संसद र सरकारबाट आउँदैन’ उउहाँले भन्नुभयो, ‘मंसिर ४ गते चुनाव घोषणा भइसकेको छ । अब यी सबै कुराको जवाफ जनताले नै दिनेछन् ।’










प्रतिक्रिया दिनुहोस्