Banner News

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने



काठमाडौँ, २२ साउन । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।