काठमाडौँ, २२ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकले जबरामाथिको महाअभियोग प्रस्ताव अध्ययनका लागि महाअभियोग सिफारिस समितिमा पठाएको हो ।
अब महाअभियोगबारे ११ सदस्यीय सिफारिस समितिले अध्ययन गर्नेछ । समितिले अध्ययन गरेर आवश्यक सुझाव प्रतिनिधिसभासमक्ष पेस गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्