समाचार

पूर्व वडाध्यक्ष मृत फेला



स्याङ्जा, २६ साउन । वालिङ नगरपालिका–९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान वालिङ–१३ स्थित गहाखोला सडकम उनी मृत अवस्थामा फेला परेका हुन् । श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए ।

सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग १६ प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठको शव गह्रौं प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।