काठमाडौँ, २६ साउन । थप ८१५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९२ हजार १ सय ४६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ जना रहेका छन ।
मन्त्रालयका अनुसार ४७६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७४ हजार २९५ जना रहेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८० जना रहेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्