काठमाडौँ, २७ साउन । थप ७८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९२ हजार ५ सय ६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ जना रहेका छन ।
मन्त्रालयका अनुसार ५११ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७४ हजार ८०६ जना रहेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८४ जना रहेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्