काठमाडौँ, २८ साउन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असारमा चीन भ्रमण गर्दा दुई देशबीच रेल्वे कनेक्टिभिटी सहयोगसम्बन्धी समझदारी भयो ।
उक्त समझदारीअन्तर्गत रेल्वे परियोजना कार्यान्वयनका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन शीघ्र अघि बढाउने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सी जिन पिङले २०७६ असोजमा नेपाल भ्रमण गर्दा नेपाल चीन अन्तरदेशीय रेलमार्ग निर्माण सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता भयो ।
चिनियाँ परराष्ट्रमन्त्री एंव स्टेट काउन्सिलर वाङ दुई देशबीच अन्तरदेशीय रेल्वे परियोजनाका लागि चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सम्झौता भयो । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्