वीरगञ्ज, २८ साउन । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा महागढीमाई नगरपालिका –८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो ।
शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्