राजनीति

प्रवासी नेपाली मञ्च ओमनको राष्ट्रिय अधिवेशन सम्पन्न



काठमाडौँ, २८ साउन । प्रवासी नेपाली पञ्च ओमनको राष्ट्रिय अधिवेश सम्पन्न भएकोछ ।

शुक्रवार आयोजित एक कार्यक्रममा बिच अधिवेशन सम्पन्न भएको हो । नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले रामकुमार आचार्यको अध्यक्षतामा १७ सदस्यीय कमिटी सर्वसम्मत रुपमा गठन गर्दै सम्पन्न भएको छ । त्यस्तै लेखा कमिटी, सल्लाहकार कमिटी समेत गठन गरेको छ ।

आचार्यको अध्यक्षतामा उपाध्यक्ष रामहरी गिरी, सचिव महेश प्रसाद न्यौपाने, उप सचिव हिरा कुमारी पौड्याल, उप सचिव खगेन्द्र रिजाल, सदस्यहरुमा गणेश प्रसाद पाण्डे (आर्थिक विभाग प्रमुख), राम भक्त सडौला (प्रबक्ता), गौतम सापकोटा, चिरञ्जिवि पाण्डे, भुपाल चौहान, धन बहादुर घले, सर्भेस कुमार गडेरी, मुना कार्की, उध्दवराज खत्री, गणेश परियार, कृष्ण प्रसाद भट्टराई, र सन्तोस कटुवाल रहनुभएको छ ।

त्यस्तै लेखा कमिटीमा अध्यक्ष बिष्णु चौलागाई, सचिव भुपेन्द्र बाब्ली, सदस्यहरुमा डिल बहादुर बस्नेत, गणेश चोखाल, हेमा श्रेष्ठ रहनुभएको छ । त्यस्तै सल्लाहकार कमिटी अध्यक्ष सोम कृष्ण श्रेष्ठ, प्रमुख सल्लाहकार दिपक श्रेष्ठ, सल्लाहकारहरुमा मान बहादुर श्रेष्ठ, दिपक जिसी चयन हुनुभएको छ ।

ओमनका लागि नेपाली कार्यवाहक राजदुत सोमेस थापा सहित ओमनमा स्थापित विभिन्न नेपाली बैचारिक राजनैतिन, जातीय, भेगीय, लैङ्गिक सघं सस्थाहरुका प्रतिनिधिहरु सहित ओमन बासी नेपाली दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको प्रमुख अतिथि नेता बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा नेता बस्नेतले नवनिर्वाचित कमिटीलाई हार्दिक बधाई तथा कार्यकाल पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।