काठमाडौँ, २९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।
धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाडौँ मेयर आएका साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’
ल्याण्डफिल साइटको समस्याले काठमाडौँ महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौँको सडक पेटिमा फोहोर थुप्रिएको छ । उनले धरानको खानेपानी समस्या समाधान गर्न भन्दै निर्माण काममा आफैं सहभागी हुने गरेका छन् र उनले श्रमदानका लागि धरानबासीलाई उत्प्रेरित पनि गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्