राजनीति

प्रतिनिधिसभाबाट बिमा विधेयक पारित



काठमाडौँ, २९ साउन । संसद्मा चार वर्षअघि दर्ता गरिएको बिमासम्बन्धी विधेयक आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ । अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा दफावार छलफलपछि विधेयक पारित गरिएको हो ।

उक्त विधेयक अब सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइनेछ । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बिमा विधेयक ‘बिमा ऐन २०७९’ का रूपमा लागु हुनेछ ।

यो ऐन लागु भएपछि अहिलेको बिमा समिति अधिकारसम्पन्न बिमा प्राधिकरणका रूपमा परिणत हुनेछ । उक्त प्राधिकरण स्वायत्त रहने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । बिमा क्षेत्रमा भएका समस्यालाई नियालेर समयसापेक्ष विधेयक बनाइएको उनले बताए ।