समाचार

डुबेर एक जनाको मृत्यु



दाङ, २९ साउन । दाङमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा नुहाउने क्रममा खोलामा डुबेर सोही उपमहानगरपालिका–२ रामपुरका २६ वर्षीय निराजन पोखरेलको मृत्यु भएको हो ।

शनिबार दिउँसो साथीहरूसँग खोलाको गएका उनको नुहाउने क्रममा खोला डुबेका थिए । उनलाई सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर डिएसपी नवीन बुढाथोकीको नेतृत्वमा १९ जनाको टोलीले खोचमा अड्किएको अवस्थामा फेला पारिको ।