डोल्पा, २९ साउन । डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगरको मृत्यु भएको हो ।
पहिरोले स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्