Banner News

भारतको ७५ औँ स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाको शुभकामना



काठमाडौँ, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५ ‌औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन्। ट्वीटरमार्फत उनले समकक्षी नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका हुन् ।

‘स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जनतालाई हार्दिक अभिनन्दन । भारतको प्रगतिका लागि मेरो शुभकामना,’ प्रधानमन्त्री देउवाको ट्वीट छ ।

स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लालकिल्लामा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आगामी २५ वर्षभित्र मुलुकलाई विकसित राष्ट्र बनाइने बताएका छन् । उनले नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुने विश्वास राखेको पनि बताएका छन् । ‘देशका नौजवानहरुलाई आगामी २५ वर्ष मुलुकको विकासमा योगदान गर्न म अनुरोध गर्दछु,’ उनले भनेका छन् ।