समाचार

ट्रकको ठक्करबाट दुईजनाको मृत्यु



काठमाडौँ, ३१ साउन । धादिङको गल्छी गाउँपालिका–६, चिरौदी पुलमा ट्रेलर (ट्रक)को ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको ट्रकले सोही दिशाबाटै आइरहेको वाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिदा जीपका चालक र परिचालकको मृत्यु भएको हो ।

जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिकाका ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङ गाउँपालिकाका २५ वर्षीय राजेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ । दुर्घटनामा घाइते भएका ट्रकका चालक र परिचालकको गल्छीस्थित अम्बे भरोसा अस्पतालमा उपचार भइरहेको छ ।